CLI
Global College

सिद्धार्थ क्यापिटलको १५ औँ वार्षिक साधारणसभा असोज २३ गते

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको हो ।

उक्त सभा नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा अपरान्ह ५ बजे सुरु हुने छ । उक्त सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८२/०८३ को वार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै आ.व. २०८२/०८३ को लेखापरीक्षणको प्रतिवेदन सहित २०८३ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने छ ।

त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ वमोजिम आ.व. २०८३/०८४ को लागि लेखापरीक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको आर्थिक वर्ष २०८२/०८३ सम्मको संचित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ६ करोड कर सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्ने छ ।
विशेष प्रस्तावका रुपमा आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम रु. ५,०४,०४७ पारित गर्ने छ ।

 

Leave Your Comment

Related News