RE
Global College

निभिक्स फर्मास्यूटिकल्सको विशेष सधारणसभा आह्वान, ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं ।  निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीले विशेष साधारण सभामार्फत हकप्रद सेयर निष्काशनसँगै अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव अघि सारेको हो ।

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार असोज २६ गते पोखराको बुलौदीस्थित पोखरा ईभेन्ट सेन्टरमा विशेष साधारण सभा बोलाइएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीको हालको अधिकृत तथा जारी पुँजी ५५ करोड रुपैयाँबाट बढाएर ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ पुर्‍याउने प्रस्तावमाथि छलफल हुनेछ । यसका लागि कम्पनीको प्रबन्धपत्रका सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।

त्यस्तै ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । हकप्रद सेयर निष्काशनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने विषयमा पनि सभाले निर्णय गर्नेछ । कम्पनीले पुँजी संरचनामा परिवर्तन गर्दै संस्थापक सेयरधनी समूहको स्वामित्व ७५ प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गर्ने प्रस्ताव गरेको छ । यससँगै सर्वसाधारणका लागि छुट्याइएको २५ प्रतिशत सेयरलाई संशोधन गरी परिवर्तित पुँजी संरचनाअनुसार कायम जारी पुँजीको २० प्रतिशत बराबर सेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत जारी गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

NECO

Leave Your Comment

Related News