Global College

कालंगा हाइड्रोको १ लाख ७५ हजार कित्ता सेयरको लकइन अवधि मंसिरमा सकिँदै

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको १ लाख ७५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर २६ गते समाप्त हुने भएको छ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको लकइन अवधि सकिन लागेको हो ।

कम्पनीका अनुसार सर्वसाधारणलाई निष्कासन गरिएको सेयरको ५ प्रतिशत बराबर १ करोड ७५ लाख रुपैयाँ अंकित मूल्यका १ लाख ७५ हजार कित्ता सेयर लकइनमा राखिएको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त सेयरको लकइन अवधि २०८३ मंसिर २६ गते पूरा हुनेछ। लकइन अवधि समाप्त हुने मितिबारे कम्पनीले आफ्ना सेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालालाई जानकारी गराएको छ ।

NECO

Leave Your Comment

Related News