CLI
Global College

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबा। दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो।

प्राधिकरणका अनुसार हालसम्म एक हजार २८७ जनाको शव सङ्कलन गरिएको छ भने पाँच हजार ८३ अझै सम्पर्कविहीन छन्।

हाल विभिन्न अस्पतालमा पाँच हजार ३९७ जनाको उपचार भइरहेको छ। हाल नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा चार हजार ५२१ जनालाई राखिएको छ । प्रभावित क्षेत्रमा २१ हजार ४२१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

Leave Your Comment

Related News