CLI
Global College

३७ जिल्लामा आकस्मिक बाढीको जोखिम,रसुवा र नुवाकोटका नदीहरूमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश स्थान भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहेको जनाएको छ।

विभागका अनुसार रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदी लगायत अन्य स-साना नदीहरूमा पानीको सतह उल्लेख्य रूपमा बढेर आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

त्यसैगरी, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने खोला तथा नदीहरूमा बहाव बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

बाढीको जोखिम रहेका क्षेत्रका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र सतर्क रहन पूर्वसूचना प्रणालीमार्फत अनुरोध गरिएको छ।

Leave Your Comment

Related News