कीर्तिमानी मूल्यमा पुगेको सुनको भाउ घट्यो

काठमाडौं । सुनको भाउ घटेको छ। मंगलबार हालसम्मको उच्च मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ प्रति तोला छापावाल सुन कारोबार भएको थियो। बुधबार छापावाल सुन प्रति तोला १ लाख ५० हजार ५०० रुपैयाँ कारोबार भएको छ। आज सुनको मूल्य ३०० रुपैयाँले घटेको छ।

चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार