प्रतिलिटर ५ रुपैँयाले घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं ।नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले ३२ साउन २०८१  बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ५  रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रूपैयाँले मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १६२ रुपैँया ५० पैसा दोस्रो वर्गलाई १६४ रुपैँया तेस्रो वर्गको लागि १६५ रुपैया कायम हुनेछ ।

मट्टितेल र डिजेलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १५५ रुपैँया ५० पैसा दोस्रो वर्गलाई १५२ रुपैँया ५० पैसा तेस्रो वर्गको लागि १५५ रुपैया कायम हुनेछ ।

आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले आज अगष्ट १५ अथात् ३१ साउन बाट इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलिय पदार्थको मूल्य घटेर आए सँगै नयाँ मूल्य तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ र डिजेलमा २.९६ रूपैयाँ मट्टितेल मा प्रतिलिटर ३.२४ रुपैया हवाइ इन्धनमा २.३१ एलपी ग्यासमा ६.९७ घटाएर नयाँ मूल्य सूची पठाएको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको मूल्य हो।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार