RE
Global College

दुई महिनमा साढे ६ अर्ब भन्द बढीको ईभी आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा विद्युतीय सवारी साधन (कार, जीप र भ्यान) को आयातमा व्यापक उछाल आएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा कुल २ हजार ८३४ वटा ईभी नेपाल भित्रिएका छन्, जसका लागि  ६ अर्ब ७० करोड रुपैैयाँ बाहिरिएको छ भने सरकारले  ४ अर्ब २९ करोड  रुपैयाँ  राजस्व संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा जम्मा ४८६ वटा ईभी आयात भई  १ अर्ब २७ करोड रुपैयाँ  बाहिरिएको र  ८० करोड राजस्व उठेको तुलनामा यस वर्ष ईभी आयात ४८३ प्रतिशतले बढेको हो।

नेपालमा मुख्यगरी चीन, भारत, थाइल्याण्ड र अमेरिका गरी चार देशबाट ईभी आयात भएको छ। कुल आयातमा चीनको बर्चस्व देखिएको छ, जहाँबाट  ४ अर्ब २६ करोड  रुपेैयाँ बराबरका १ हजार ७४५ वटा ईभी भित्रिएका छन्। त्यसैगरी भारतबाट  १ अर्ब ४२ करोड रुपेयाँका ७३९ वटा, थाइल्याण्डबाट  १ अर्ब रुपैयाँका ३४८ वटा र अमेरिकाबाट रु. ७८ लाख बराबरका २ वटा ईभी नेपाल भित्रिएका छन्।

नेपाली बजारमा विद्युतीय सवारी साधन (इभी) प्रतिको आकर्षण तीव्र रूपमा बढेको छ। हालै आयोजना गरिएका अटो एक्स्पोहरूमा सर्वसाधारणको मुख्य रोजाइमा डिजेल-पेट्रोल गाडीभन्दा इभी नै अग्रस्थानमा देखिएका छन्। बजारमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न विभिन्न ब्रान्डहरूले नयाँ-नयाँ मोडलका विद्युतीय गाडीहरू नेपाल भित्र्याएका छन्। विशेष गरी बीवाईडीको ‘अटो ३’ र ‘डल्फिन’, टाटाको ‘पन्च ईभी’ र ‘नेक्सन ईभी’, एमजीको ‘जेडएस ईभी’ र ‘कमेट’, ओमोडा ई-५, लिपमोटर, जीकर, तथा सिट्रोन जस्ता ब्रान्डका नयाँ मोडलहरूले ग्राहकको ध्यान खिचेका छन्। अत्याधुनिक प्रविधि, उत्कृष्ट दूरी तय गर्ने क्षमता (रेन्ज) र लोभलाग्दो बनावटका कारण यी मोडलहरूको बिक्री बढेको छ।

ग्राहकको यही लहरलाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधन खरिदका लागि आकर्षक र सरल ‘अटो लोन’ योजनाहरू ल्याएका छन्। बैंकहरूले आधार दर मै न्यून प्रिमियम जोडेर सस्तो ब्याजदर, ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा र द्रुत कर्जा स्वीकृति  दिइरहेका छन्।

Leave Your Comment

Related News