एनआरएन नेपाल ‘डेभलपमेन्ट फण्ड’ कार्यान्वयनमा ल्याइने

काठमाडौं । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भयो ।

सो अवसरमा २०८१ साल भदौको तेस्रो साताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने सहमति भएकोको प्रेस नोटमा उल्लेख छ ।

नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो । एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार