RE
Global College

कुमारी बैंकको ७८ हजार बढी कित्ता सस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ७८ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ७८ हजार ६७७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुका लागि सूचना प्रकाशित गरिएकोमा विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएको हुँदा संस्थापक भन्दा बाहिर सर्वसाधारणहरुबाट उक्त सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं – २, टंगालमा आइपुग्ने गरी आवेदन दिनु पर्ने छ । उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

NECO

Leave Your Comment

Related News