काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुनको मूल्य २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो ।
त्सयतै, चाँदी पनि १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँ थियो ।





