काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बूढीगण्डकी नदीमा आएको बाढीपश्चात् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्थानान्तरण कार्यलाई तीव्रता दिइएको जानकारी दिएका छन्। बाढी र पहिरोको उच्च जोखिममा रहेको गोरखाको जगत इलाकाबाट ६ जना नागरिकको सकुशल हवाई उद्धार गरिएको छ।
प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाको फौजलाई हवाई तथा स्थल दुवै मार्गबाट उद्धार कार्यमा खटाइएको छ। आपत्कालीन परिस्थिति नियन्त्रण र द्रुत उद्धारका लागि काठमाडौँमा रहेको ‘कमपोजिट क्विक रियाक्सन टिम’ (Composite Quick Reaction Team) लाई समेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको छ।
बूढीगण्डकी बाढीबाट प्रभावित क्षेत्रमा सर्वसाधारणको सुरक्षित स्थानान्तरण तथा राहत सामग्री ढुवानीका लागि हेलिकप्टर परिचालन गरिएको छ।
प्रधानमन्त्री कार्यालयले प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणको सहजताका लागि आपत्कालीन सम्पर्क नम्बरहरूसमेत सार्वजनिक गरेको छ:
-
एम्बुलेन्स: १०२
-
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC): १२३४
-
जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९०
-
सहायक प्रमुख जिल्ला अधिकारी (Asst. CDO): ९८५६०५७७७८
सरकारले जोखिमयुक्त तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र आवश्यक परेमा तुरुन्त उल्लेखित आपत्कालीन नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ।





