RE
Global College

बूढीगण्डकी बाढी: विभिन्न जलविद्युत आयोजनामा ठुलो क्षति, क्याम्प क्षेत्रदेखि बेलिब्रिजसम्म बगायो

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी करिडोरमा निर्माणाधीन तथा सञ्चालित विभिन्न जलविद्युत आयोजनाहरूमा ठुलो भौतिक क्षति पुगेको छ। बाढीले जलविद्युत आयोजनाका क्याम्प क्षेत्र, बेलिब्रिज, पहुँच सडक तथा निर्माण सामग्रीहरूमा क्षति पुर्‍याएको प्रारम्भिक विवरण इपानले सार्वजनिक गरेको छ।

विवरणअनुसार ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना (प्रवर्द्धक: टाइम्स इनर्जी प्रालि) को मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बाढीले बगाएको छ। त्यस्तै, २४.५ मेगावाट क्षमताको दोभान खोला हाइड्रोपावर लिमिटेडको क्याम्प क्षेत्रका केही घरहरूमा क्षति पुग्नुका साथै एउटा बेलिब्रिज समेत बगाएको छ।

यसैगरी, ३०.५९ मेगावाट क्षमताको यारु खोला हाइड्रो पावर प्रालिको बेलिब्रिजमा क्षति पुगेको छ भने विभिन्न निर्माण सामग्री तथा उपकरणहरू पनि बाढीले बगाएर लगेको छ। १६ मेगावाट क्षमताको वाटर इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रवर्तित माछा खोला आयोजनाको पहुँच सडक र आयोजना स्थल पुग्ने पुलमा समेत बाढीले क्षति पुर्‍याएको छ। सम्बन्धित आयोजनाहरूबाट थप क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ।

NECO

Leave Your Comment

Related News