RE
Global College

साहस ऊर्जाको स्पष्टीकरण : बुढीगण्डकी बाढीले टाइम्स इनर्जीको क्याम्पमा क्षति, सोलुखोला आयोजना पूर्ण रूपमा सुरक्षित

काठमाडौं । असोज २५ गते बुढीगण्डकी नदीमा आएको भीषण लेदोसहितको बाढीका कारण साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित बुढीगण्डकी ३४१ मेगावाट (अर्धजलाशय) जलविद्युत आयोजनाको गोरखा जिल्ला चुमनुब्री गाउँपालिकास्थित अस्थायी क्याम्प र पहुँच मार्गमा क्षति पुगेको छ।

कम्पनीले जारी गरेको  विज्ञप्ति अनुसार यस बाढीबाट आयोजनातर्फ कुनै पनि मानवीय क्षति भने भएको छैन र कम्पनीका सम्पूर्ण कर्मचारीहरू सकुशल सम्पर्कमा रहेका छन्।

यसैबीच, विभिन्न सञ्चार माध्यमहरूमा साहस ऊर्जा लिमिटेडद्वारा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको सोलुखोला (दूधकोशी) ८६ मेगावाट जलविद्युत आयोजनाको संरचनाहरूमा समेत क्षति पुगेको भनी आएका समाचारहरूप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण गराएको छ। उक्त समाचारहरूमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्दै कम्पनीले सोलुखोला आयोजना स्थलमा कुनै बाढी नआएको र कुनै किसिमको क्षति नभएको व्यहोरा स म्पूर्ण शेयरधनी तथा सरोकारवालाहरूलाई जानकारी गराएको छ

NECO

Leave Your Comment

Related News