काठमाडौं । लुम्बिनी विकास बैंकले ६० हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गरेर ६० हजार ७०९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकले संस्थापक सेयरधनी किशोर राज पाण्डेको नाममा रहेको उक्त सेयर बिक्रमिा राखेको जनाएको छ । संस्थापक सेयरमा पहिलो हक विद्यमान संस्थापकको नै हुने भएकाले उक्त सेयर बैंकका विद्यमान संस्थापकले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको छ । सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र सो सम्बन्धी विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउनु पर्ने छ ।
तोकिएको समयावधि भित्र बिद्यमान संस्थापकहरुबाट सेयर खरीद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम इच्छुक अन्य व्यक्ति तथा संस्थाहरुका लागि बिक्रमिा राखिने बैंकले जनाएको छ ।




