काठमाडौं । गणेश हिमाल हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले अर्को सूनचा जारी नभएसम्मका लागि साधारणसभा स्थगित भएको जनाएको हो ।
कम्पनीले असोज ३० गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको थियो । कम्पनीले सभाको आगामी मिति, समय र स्थान सम्बन्धमा अर्को सूचनामार्फत जानकारी गराइने जनाएको छ ।




