RE
Global College

बरुण हाइड्रोपावरको २३ औँ एजीएमा आह्वान, के-के छन् प्रस्तावहरु ?

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेका लागि २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

उक्त सभा स्मार्ट दरबार, शंखपार्क, काठमाडौंमा कात्तिक २० गते बिहान साढे ९ बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रुपमा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने र आ.व.२०८३/०८४ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव उपर छलफल गरि पारित गर्ने छ ।

यसका साथै संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने, कम्पनीमा रिक्त रहने ४ जना संचालकहरुको निर्वाचन गर्ने ( संस्थापक सेयरधनीहरुबाट ३ जना तथा सर्वसाधारण सेयरधनीबाट १ जना), संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/०८३ सम्म कायम चुक्ता पुँजी १ अर्व १२ करोड २५ लाख ३२ हजार ४२५ रुपैयाँको को ०.२५ प्रतिशत अर्थात रु.२८,०६,३३१.०६  नगद लाभांश ( बोनश सेयरमा लाग्ने कर प्रयोजन का लागी स्विकृत गर्नेछ ।

सभाले विशेष प्रस्तावका रुपमा संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२ /०८३ सम्म कायम चुक्ता सयरपुँजीको ४.७५ प्रतिशतका दरले हुने रु ५,३३,२०,२९०.१८ बराबरको बोनश सेयर वितरण गर्न स्विकृती प्रदान गर्ने छ । त्यस्तै कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने, संचालक समितिबाट निर्णय भए बमोजिम कम्पनीको बोनश सेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पुँजी रु.१,१७,५८,५२,७१५.१८ को ११ अर्थात १ सेयर बराबर एक हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।

NECO

Leave Your Comment

Related News