RE
Global College

हिमालयन क्यापिटलको साधारणसभा आह्वान, लाभांश पारित गर्ने

काठमाडौं ।  हिमालयन क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेका लागि साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको ९ औँ वार्षिक साधारणसभा हिमालयन क्यापिटल लिमिटेड, रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्ने छ । आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ असार मसान्तको वासलात र मिति २०८२ साउन १ देखि २०८३ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँड हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथी छलफल गरी पारित गर्ने छ । त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने छ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०८३/०८४ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।

NECO

Leave Your Comment

Related News