RE
Global College

पिपुल्स इनर्जी १० औँ वार्षिक साधारणसभा कात्तिक १८ गते, आईपीओ निष्काशन गर्ने

काठमाडौं । पपिुल्स इनर्जी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १८ गतेका लागि १० वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभा अनमोल बेन्क्वीट, शंखमूल, काठमाडौं दिउसो १ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू पारित गने, र आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा सञ्चालक समितिबाट कम्पनीको व्यवसाय सञ्चालन, लगानी, ऋण तथा कर्पोरेट ग्यारेन्टी सम्बन्धी गरिएका निर्णय तथा कार्यहरू अनुमोदन गर्ने छ । विशेष प्रस्तावका रुपमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीमा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सेयर पुजी वृद्धि गर्ने, कम्पनीको जारी पुँजीको २० प्रतिशतसम्म सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत निष्काशन गर्ने र यसको उपयोग गर्ने सम्बन्धी प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।

NECO

Leave Your Comment

Related News