बुटवल । बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनबाट अध्यक्षमा व्यवसायी नरीश्वर पौडेल विजयी भएका छन् । उनले अर्का व्यवसायी टंकप्रसाद गैरेलाई २३२ मतले पराजित गरेका हुन् । पौडेलले ८३३ मत प्राप्त गर्दा गैरेले २०१ मत प्राप्त गरेका छन् ।
अध्यक्षसहित विभिन्न पदमा पौडेल र गैरेले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । तर, निर्वाचनको परिणाम मिश्रित आएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा ७२४ मत प्राप्त गरेर सुरज भट्टराई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी विमलराज भट्टराईले ६९८ मत प्राप्त गरे । उद्योग उपाध्यक्षमा ७१२ मत ल्याएर दिनेश श्रेष्ठ निर्वाचित हुँदा पौडेल पक्षका निर्मित कसजुले ६९३ मत ल्याए ।
वाणिज्य उपाध्यक्षमा गैरे पक्षका मुक्तिप्रसाद अधिकारी ७१९ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी पौडेल पक्षका बाबुराम विश्वकर्माले ७०० मत प्राप्त गरे ।
त्यस्तै, महासचिवमा पौडेल पक्षका वसन्तप्रसाद ढकालले ७१४ मत प्राप्त गर्दा गैरे पक्षकी जमुना पौडेलले ७०२ मत प्राप्त गरिन् । कोषाध्यक्षमा गैरे पक्षका टीकाराम बञ्जाडे र सचिवमा पौडेल पक्षका दीपकप्रसाद चापागाईं निर्वाचित भएका छन् ।
एसोसिएट सदस्यतर्फ बालकृष्ण पौडेल, उद्योग सदस्यहरुमा गोपाल टण्डन, लेखनाथ भण्डारी, सुनिता शर्मा बन्जाडे र ज्ञानबहादुर पुन निर्वाचित भए । ज्ञानबहादुर र दीपक बास्तोलाले समान ६५६ मत पाएपछि गोलाप्रथाबाट पुन विजयी भएका हुन् ।
वाणिज्य सदस्यहरुमा गणेशप्रसाद भट्टराई,रामबहादुर भण्डारी,सुनिता गिरी र उमेश अमात्य निर्वाचित भएका छन् ।
खुल्ला सदस्यमा विजयकुमार वर्णवाल, विष्णु घिमिरे पन्थ,विष्णुप्रसाद उपााध्याय, दीपक घिमिरे, गोपालप्रसाद बस्याल, प्रदीप शाक्य, महिला सदस्यमा मन्जु पुरी गिरी र रेनु श्रेष्ठ निर्वाचित भएका निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।





