RE
Global College

एनआरएन इन्फ्रास्ट्रक्चरले दुई जलविद्युत् आयोजनामा १ अर्ब २० करोड लगानी गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले दुईवटा जलविद्युत् आयोजनामा १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समिति बैठकले छुजुङ खोला र दुधकोशी–२ जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।

कम्पनीले ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजनामा २० लाख कित्ताबराबर २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ । उक्त आयोजना सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको छ ।

त्यस्तै, ७० मेगावाट क्षमताको दुधकोशी–२ जलविद्युत् आयोजनामा १ करोड कित्ताबराबर १ अर्ब रुपैयाँ लगानी गरिने कम्पनीले जनाएको छ । उक्त आयोजना दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडले प्रवर्द्धन गरिरहेको छ ।

यसैगरी, कम्पनीले मोरङमा रहेको अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा पनि लगानी गर्ने भएको छ । कम्पनीले उक्त उद्योगमा २ लाख ८५ हजार कित्ताबराबर ९ करोड ७५ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ ।

दुई जलविद्युत् आयोजनामा १ अर्ब २० करोड रुपैयाँ र केबल उद्योगमा थप ९ करोड ७५ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णयसँगै एनआरएन इन्फ्रास्ट्रक्चरको प्रस्तावित कुल लगानी १ अर्ब २९ करोड ७५ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

 

NECO

Leave Your Comment

Related News