RE
Global College

भदौसम्म जीवन बीमाको साढे २ अर्ब रुपैयाँभन्दा बढी समर्पण

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म जीवन बीमा कम्पनीहरूले बीमालेख समर्पणबापत २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी रकम बीमितलाई भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा १४ हजार ९९६ वटा बीमालेख समर्पण हुँदा कम्पनीहरूले बीमितलाई २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेका हुन्।

गत आर्थिक वर्ष २०८२/८३ को भदौसम्म १५ हजार ८९८ वटा बीमालेख समर्पण भएका थिए। त्यसबापत बीमा कम्पनीहरूले २ अर्ब ५० करोड ७ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बीमालेख समर्पणको संख्या ५.६७ प्रतिशतले घटेको छ भने समर्पणबापत भुक्तानी भएको रकम २.९४ प्रतिशतले बढेको छ।

यसैगरी, समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूमा व्यतित बीमालेखको संख्या र त्यसबापत उठाउन बाँकी रकम दुवै घटेको छ। चालु आर्थिक वर्षको भदौसम्म १० लाख १० हजार ९९६ वटा व्यतित बीमालेखबापत ३५ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ उठाउन बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्षको भदौसम्म १२ लाख १३ हजार ५६२ वटा व्यतित बीमालेखबापत ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ उठाउन बाँकी थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेखको संख्या १६.६९ प्रतिशतले घटेको छ भने उठाउन बाँकी रकम २.३० प्रतिशतले कम भएको छ।

NECO

Leave Your Comment

Related News