काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । असोज २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार रुपैयाँको आधारमा कर समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरि वितरण हुनेछ । गत वर्ष कर समेत ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो ।





