कीर्तिमानी मूल्यमा पुगेर फर्कियो सुन

काठमाडौं । कीर्तिमानी मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ। हिजो बुधबार छापावाल सुन प्रति तोला एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो। आज छापावाल सुनको मूल्य प्रति तोला १ हजार १०० रुपैयाँले घटेर एक लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रति तोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार