नाडा अटो शोमा सुजुकीको नयाँ जेड-सिरिज इन्जिनसहितको एपिक न्यू स्विफ्ट सार्वजनिक हुने

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सी जी मोटोकर्पले, नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्ने भएको छ । सी जी मोटोकर्पका अनुसार, गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिनेछ भने मूल्यको जानकारी पनि सोही समयमा उपलब्ध हुनेछ।

२००५ सालमा लन्च भएदेखि नै स्विफ्ट, नेपाली अटोमोबाइल क्षेत्रमा style    र Sportiness को पर्यायबाचिको रुपमा रहदै आएको छ । स्विफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस, र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण रुचाएको हो । नयाँ एपिक स्विफ्टको नयाँ जेड–सिरिज इन्जिन आधुनिक पावरट्रेन हो जसले performance र Sustainability को नयाँ आयाम ल्याउँछ, जसले यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम ह्याचब्याक बनाउँछ । एपिक नयाँ स्विफ्टमा थुप्रै नया युगका प्रविधि र फिचरहरु समाबेश गरेको छ, जसले ग्राहकको ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुने कम्पनीले जनाएको छ।

नयाँ स्विफ्टको विशेषताहरुलाई पाँच प्रकारले परिभाषित गर्न सकिन्छ १. आकर्षक एक्सटेरियर, २. आरामदायी क्याविन, ३. आधुनिक सेफ्टी सिस्टम, ४. रमाइलो ड्राइभिङ अनुभव र ५. उन्नत प्रविधि। यसमा प्रयोग गरिएको नयाँ ‘wrap–around character line’ स्विफ्टलाई अझै स्पोर्टी र स्टाइलिश बनाउछ । क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाईन’ सहितको नयाँ लेआउट छ जसले प्रिमियम फिल र आरामदायी ड्राइभिङ अनुभव प्रधान गर्नेछ। स्विफ्टको सिगनेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्विफ्टमा smoky एलईडी प्रोजेक्टर हेडलाइटहरू र Boomerang एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प्स र ३८.१० सेन्टिमिटर (१५ इन्च) टू–टोन एलोय व्हिल्सले स्विफ्ट को लुक्स अझै Futuristic बनाएको छ ।

Driver Oriented Dashboard ८–डिग्रीको झुकावले ड्राइभर र कारको बीचमा मेल उत्पन्न गर्छ भने २२.८६ से.मी. (९ इन्च) स्मार्टप्ले प्रो+ इन्फोटेन्मेन्ट सिस्टम, पछाडिको सीट यात्रुहरूको लागि छिटो चार्ज गर्ने A र C प्रकारको USB पोर्ट, पछाडिको एसी भेन्ट्स, क्रूज कन्ट्रोल, ६०:४० पछाडिको सीटर कीलेस इन्ट्रीले सबै यात्रुहरूको लागि सहजता र सुविधा सुनिश्चित गर्छ ।

ड्राइभर र यात्रुहरूको सुरक्षालाई बिशेष ध्यानमा राखी न्यू स्विफ्टमा विभिन्न Active र Passive safety फिचरहरु समावेश गरेको छ । स्ट्यान्डर्ड सुरक्षा सुविधाहरू जुन सबै भेरियन्टमा ६ वटा एयरब्यागहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम+ ESP®, हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम (ABS) संग इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन (EDB) र ब्रेक असिस्ट, ३–प्वाइन्ट सीटबेल्टहरू सबै सिटहरूमा रिमाइन्डरसहित समावेश छन् जुन सबै भेरियन्टमा उपलब्ध हुनेछन् , यसले विभिन्न अवस्थामा सम्पूर्ण सुरक्षा र स्ताबिलिटी प्रदान गर्नेछ । यसबाहेक, यो प्रीमियम ह्याचब्याकमा थप सहजताको लागि वाइड भ्यूसहितको रिभर्स क्यामेरा पनि समावेश गरिएको छ ।

सुजुकीले स्विफ्टमा पहिलो पटक आफ्नो नयाँ जेड–सिरिज इन्जिनको प्रयोग गरेको छ। यो अत्याधुनिक इन्जिन पावरफूल मात्र नभई यसले सेग्मेन्टमा सबैभन्दा धेरै २५.७५ कि.मि/लि सम्मको माइलेज प्रधान गर्नेछ जुन पुरानो स्विफ्ट भन्दा १४%ले ज्यादा हुन्छ। यसको low–end torque  र राम्रो एक्सिलरेसनले नेपाली सहरी ड्राइभिङ कन्डिसनमा चलाउन सजिलो हुनेछ।

यसमा प्रयोग गरिएको नयाँ जेनेरेसनको वायरलेस एप्पल कारप्ले® र एन्ड्रोइड अटो™३ सहितको २२.८६ सेमी (९ इन्च) स्मार्टप्ले प्रो+ इन्फोटेन्मेन्ट सिस्टम, ARKAMYS सराउन्ड सेंस र वायरलेस चार्जरले स्विफ्ट चलाउन र यात्रा गर्न आनन्दको अनुभूति दिनेछ ।

नयाँ 4th जेनेरेसन स्विफ्टले आफ्नो स्टाइलिस लुक, आधुनिक फिचर, पावरफूल इन्जिन, उत्कृष्ट माइलेज र सुरक्षा सुविधाहरूले ह्याचब्याकको परिभाषा बदल्ने विश्वास कम्पनीले लिएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार