काठमाडौं । एनआईसी एसिया बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले १:०.५० अनुपातमा प्र्तिकित्ता १०० रुपैयाँको दरले ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।
यसआधारमा अब ७ अर्ब ४५ करोड ८७ लाख ८३ हाजर ५ सय रुपैयाँ बराबरको सेयर जारी हुनेछ । यो हकप्रद सेयरमा एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसअनुसार बैंकका एक कित्ता सेयर हुने सेयरधनीले थप आधा कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् ।



