काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभाले शेयरधनीहरूका लागि १२ करोड ४७ लाख रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। गत कात्तिक १७ गते सम्पन्न सभाले आर्थिक वर्ष २०८३/८४ का लागि करसहित कुल १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो। साथै, साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट निरञ्जन पराजुलीलाई नयाँ सञ्चालकको रूपमा निर्वाचित गरेको छ।
सभाले कम्पनीको स्वामित्वमा रहेको १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र तथा सोसँग सम्बन्धित सम्पूर्ण अधिकार तथा दायित्वहरु सहायक कम्पनी रिज पावर लिमिटेडु को नाममा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ।
यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण कार्यका लागिएस. चपाईं एण्ड एसोसिएट्स’ लाई बाह्य लेखापरीक्षक नियुक्त गर्दै वार्षिक ३ लाख रुपैयाँ पारिश्रमिक तोक्ने निर्णय गरिएको छ। कम्पनीले यी सम्पूर्ण निर्णयहरूको जानकारी नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई गराइसकेको छ।



