Global College

सामान्य अंक बढ्यो नेप्से,कारोबार रकममा गिरावट

काठमाडौं । सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेको छ । नेप्से २६२३.५६ विन्दुमा  पुगेरा बन्द भएको छ । यस दिन ३६० वटा कम्पनीको १ करोड ८ लाख २३ हजार ५९८ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ३ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा कारोबार रकम ६ करोड १३ लाख रुपैयाँले घटेको छ। शुक्रबार कारोबार रकम ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ र फ्लोट इण्डेक्स ०.२६ अंकले बढेको छ ।

यस दिन ९ उप समूह घटेका छन् भने ४ बढेका छन्।बैंकिङ ०.६५ प्रतिशत, विकास बैंक ०.५ , लगानी ०.२३ र अन्य समूह ०.८१ प्रतिशतले बढेको। वित्त ०.१७, होटल्स तथा पर्यटन समूह ०.२२, जलविद्युत ०.२८, जीवन बीमा ०.०६, उत्पादन र प्रशोधन ०.२५, लघुवित्त ०.६२, म्युअुचल फण्ड ०.६७, निर्जीवन बीमा ०.९६  र व्यापार समूह ०.६७३ प्रतिशतले घटेका छन् ।

यस दिन मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १०.५८ प्रतिशत बढेको छ। त्यस्तै,  माउन्टेन हाइड्रोको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ। यस दिन सो बैंकको १५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एनआईसी एशिया बैंकको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।

NECO

Leave Your Comment

Related News