काठमाडौं । लिवर्टी ईनर्जी लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । हालसम्म पनि लाभांश वितरण नगरेको यस कम्पनीले गत आर्थिक वर्ष ०८२/८३ को लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लाभांश प्रस्ताव विनानै कम्पनीले पुस ३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनमोल ब्याङक्वेट, शंखमुल, काठमाडौंमा विहान ८ः३० बजे सभा गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभा सम्बन्धित विस्तृत जानकारी भने कम्पनीले सार्वजनिक गर्न बाँकी छ । सभा प्रयोजनका लागि भने कम्पनीले मंसिर १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।



