सुजुकीले ल्यायो ’पर्वोत्सव’ २०८१  योजना,

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले  यस बर्षको दशैं तिहारका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ  । यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक  लाख रुपैयाँ सम्मको  एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउन सक्नेछन् ।  कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी सवारी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप  दुई  लाख  रुपैयाँसम्मको छुट प्रधान गर्ने जनाएको छ   । छुट योजनामा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ।

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै  ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ्ग  खर्चको बोझ बिना ढुक्कको  ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

यस्तो छ कम्पनीले ल्यायको योजनाको सारांश

शुन्य रनिङ्ग खर्चं: स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पी.यम.यस (एःक्) पार्ट्स र इन्जिन आयल मा पनि केहि खर्च गर्नु पर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि केहि शुल्क नलाग्ने

फ्री अटो विमा र एक्सेसरिज: यो योजनामा थप १ वर्षको विमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरु पनि निः शुल्क पाउने

थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस: विक्री पछिको रिसेल भ्यालु प्रति  मनोबल अझै बढाउन ५ वर्ष पछि  २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क  वारेन्टी

उच्च रिसेल भ्यालु: स्विफ्टको बिगत देखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्रि गर्दा फाइदा हुने

कम्पनीका अनुसार, “ विद्युतीय र पेट्रोल  इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसमा , यो ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित भएको जनाएको छ  । कम्पनीले  हाम्रा ग्राहकहरूले फाइदाजनक र  झन्झट–रहित  तवरले  शुन्य रनिङ्ग खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्नेछ । “ विस्वास लिएको छ भने यो योजनामा शर्तहरु लागु हुन  कम्पनीले जनाएको छ।

यो योजना नेपालभर रहेका सुजुकी ३५ वटै सोरूमहरुमा पनि लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक छुट ल्याएको छ । कम्पनीले  नाडा अटो शोमा चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको छ ।  नयाँ  एपिक स्विफ्ट संगै  नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र  नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार