आज एकैपटक चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ ।  बैठकमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसि ग्रेजुएशन) हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव-असर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही र प्रगतिको अवस्था वारेमा छलफल हुने  ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे नै बस्नेछ समितिको पाँचौ वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ बैठकमा  विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ्ग गुठीको जग्गा जमिनको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आय आर्जन र भेटी व्यवस्थापनबारेमा छलफल हुनेछ

संसदीय सनुवाई बिशेष समितिको बैठक भने बिहान ११ बजे नै बस्ने भएको छ  समितिको बैठकमा विभिन्न देशका लागि नेपाली राजदुत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरु खोली वितरण गर्ने, प्रस्तावित राजदुतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरुलाई वितरण गर्ने, प्रश्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने कार्यसूचि रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार