काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ।
कम्पनीको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो। नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार १११ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेको हो। समायोजनपश्चात् कम्पनीको सेयर मूल्य १०४८.११ रुपैयाँमा कायम भएको छ।
सोही भाउलाई आधार मानेर यसको शुक्रबार सेयर कारोबार खुला हुनेछ ।



