एसियन बिस्कुट इन्डस्ट्रिजले सुरु गर्यो कोदोको बिस्कुट उत्पादन , दसैंतिहार अगाडि भारतीय बजारमा निर्यात गर्ने लक्ष्य

काठमाडौं । एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न सुरु गरेको छ  नेपालमा कर्परेट तहबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको बिस्कुटको उत्पादन सुरु गरेको हो ।

केही अघि पश्चिम नेपालमा घरेलु र लघु उ‌द्योगका स्तरमा स्थानीय उत्पादनका रुपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ । तर एसियनले एकै चोटि देशभरि नै बजारीकरण र निर्यात समेत गर्ने उद्‌द्देश्यले अटोमेटिक मेसिनबाट ठूलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन भइरहेको  जनाएको छ।

उधोगले नेपालका कच्चा पदार्थको प्रवर्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको बताएको छ । उ‌द्योगका संचालक आशिष जाजूले यस बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रको उत्पादन कोदो भएको बताए ।

बिस्कुटलाई सुगन्धित बनाउन पूर्वी नेपाल इलामको अर्को उत्पादन अलैंचीको धुलो पनि मिसाइएको  कम्पनीको बनाई छ । साथै फाइबरयुक्त बनाउन ओट्स मिसाइएको छ भने सुगन्ध र स्वादमा वृद्धि गर्न दालचिनीको धुलो पनि हालिएको छ । कोदो र दालचिनी मधुमेहको नियन्त्रणका लागि लाभकारी मानिन्छन् ।

संचालक जाजूले कोदोको बिस्कुट मधुमेहका बिरामीले सन्तुलित रूपमा प्रयोग गर्नसक्ने, यसले इम्युनिटी बृद्दि गर्ने र पाचन प्रणालीमा पनि सुधार गर्ने दाबी गरे। उ‌द्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ ।

संचालक जाजूले यसलाई भारत निर्यातका लागि काम सुरु भइसकेको बताएका छन् ।

‘नेपालमा बिक्री गरिने बिस्कुटमा कोदो लेखिएको छ तर भारतमा कोदो लेखेर त्यहाँका अधिकांशले बुझ्दैनन,’ उनले भने, ‘त्यसैले त्यहाँ मिलेट र रागी लेखिएको छु‌ट्टै पाकेट बनाएर निर्यात गरिनेछ।’

उनले भारतीय बजारमा कोदोको बिस्कुटको नमु‌ना पठाइसकिएको र त्यहाँबाट छिटो पठाइदिन अर्डर आएको जानकारी दिए। निर्यातका लागि कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्ने कार्य भइरहेको बताइएको छ ।

जाजूको भनाइ छ, ‘हामी यसलाई अन्तर्राष्ट्रिय बजारमा कस्तो प्याकेजिङमा निर्यात गर्ने भन्ने गृहकार्य गरिरहेका छौं। भारतमा दसैतिहार अगाडि नै निर्यात गरिसक्ने योजना छ।’

उनले एसियनले विभिन्न ३० प्रकारका विस्कुटको उत्पादन र निर्यात गर्दै आएको जानकारी दिए। जसमा स्विट बिस्कुट, स्विट एन्ड साल्टी मान्टेड सुगर फ्री, पोटेटो बिस्कुट, कुकिज, डाइजेस्टिम लगायतका बिस्कुट रहेका छन् ।

एसियनले मुख्यतया भारत र त्यसपछि अमेरिका, अस्ट्रेलिया र खाडी राष्ट्र‌मा बिस्कुटको निर्यात गरिरहेको उनको भनाई छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार