CLI

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा रहेको छ बैङ्कले एक सुचना जारी गर्दै संस्थापक शेयर बिक्रिमा रहेको जाकारी दिएको हो  । बैङ्कको बिक्रिमा रहेको शेयरमा चिरन्जीबी श्रेष्ठको नाममा रहेको ८९४५१ कित्ता गोबिन्द प्रसाद ज्ञवालीको नाममा रहेको १९७०६ र आरती कमारी आचार्यको नाममा रहेको ५१०८८ कित्ता शेयर बिक्रिमा ल्याएको हो ।

बैङ्कले सो शेयर खरिद को लागि संस्थापक शेयर धनीले खरिदको लागि केही समय सुचना जारी गरेको थियो । कायम शेयर धनीले सो शेयर खरिद नगरेपछि बिध्यमान शेयर धनि वा आम सर्बसाधारण ईच्छुक ब्यक्ति तथा फर्मलाई राष्ट्र बैङ्कले तोकेको मापदण्ड  fit and Proper test पुरा गरि आबश्यक कागजात सहित शेयर खरिदको लागि १५ दिन भित्र बैङ्कको केन्द्रीय कार्यलयमा निबेदन दिन भनेको छ ।

 

Leave Your Comment

Related News