CLI

प्राडा. अच्युत सामन्तालाई सम्मानमा गाला डिनर

काठमाडौं । हालै एक विशेष गाला डिनर, ‘द स्पिरिट अफ गिभिङको सम्मान’ मार्फत् प्रा.डा.अच्युत सामन्ताको असाधारण योगदानलाई सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा प्रा.डा. सामन्ताको वञ्चित समुदायहरूलाई माथि उठाउने गरेको प्रयास र शून्य गरिबी, भोकमरी र निरक्षरता हटाउनको लागि गरेको प्रयासको चर्चा गरियो । उनले वञ्चित समुदायको हक अधिकार प्रदान गर्नका लागि गरेको योगदानको समेत प्रशंसा गरियो ।

कार्यक्रमको सुरुवातमा गुरू जिग्मे रिनपोचेको स्वागत सम्बोधन गर्दै प्रा. डा.सामन्ताको अथक प्रयासहरूको प्रशंसा गर्दै, वञ्चित समुदायहरूको जीवन परिवर्तन गर्नका लागि स्थापना गरेका संस्था र तिनको योगदानको बारेमा बताए । वञ्चित समुदाय राज्यको मौलिक हकबाट समेत टाढा रहेको अवस्थामा उनीहरुलाई शिक्षा, स्वास्थ्य, स्वस्थ्य खानामा पहुँच पुराउनका लागि सामन्ता र विभिन्न संस्थाहरुले योगदान पुराएका थिए ।

वञ्चित समुदायका लागि क्लिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी , क्लिङ्गा इन्स्टिच्युट अफ सोशल साइन्सेज, र क्लिङ्गा इन्स्टिच्युट अफ मेडिकल साइन्सेज जस्ता संस्थाहरूको स्थापना गरेर समाजका वञ्चित समुदायहरूलाई शिक्षा , स्वास्थ्य र सफा खाना लगायतका आधारभूत आवश्यकताहरु परिपूर्ति गरिएको थियो ।

स्वामी आनन्द अरुणले सामन्ताको जीवन यात्राबारे चर्चा गर्दै त्यसबाट आफूले प्रेरणा पाएको बताए । उनले आदिवासी उत्थानमा प्रा.डा. सामन्ताको महत्वपूर्ण योगदान रहेको बताए ।

प्रा.डा. सामन्ताले कार्यक्रममा वञ्चित समुदानय प्रति आफूले गरेको विविध कार्यहरुको अनुभव व्यक्त गरे । उनले ‘आर्ट अफ गिभिङ’ दर्शनको प्रेरणाबारे चर्चा गर्दै मानवीय जीवनहरुलाई अधिकार प्रयोगबाट वञिचत गर्न नहुने बताए । कार्यक्रममा केआईएसएसले सन् २०२२ मा यूनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार जितेको थियो सो विषय समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा डब्लुआरसी नेपालको संस्थापक सुदीप नायक र डब्लुआरसी टोलीले उनको सामाजिक योगदानको कदर गर्दै प्रा.डा. सामन्तालाई एक स्मृतिचिन्ह प्रदान गरे। नायकले उक्त सम्मान समाजमा पुराएको योगदानको सानो कदर हुने समेत बताए ।

 

Leave Your Comment

Related News