कित्ताकाटमा पुन :समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई मन्त्री अधिकारीको आग्रह

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुन:समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । तोकिएको यो आर्थिक बर्षभित्र सबै पालिकाहरुले प्रक्रिया पुरा गररे कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गरेका हुन् ।

पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा स्थानीय तहमा कित्ताकाट रोकिने श्रृङ्खला बि.स २०७६ सालदेखि चलिरहेको हो । सोमवार बसेको मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो । देशभरका ७५३ पालिकाहरुमध्ये १९३ ले मात्र जग्गा बर्गीकरणको काम सम्पन्न गरेका छन् भने अन्य पालिकाहरुले समयमै जग्गा बर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ । कित्ताकाट खुलेसगैं मङ्गलवारबाट देशभरका सबै मालपोत कार्यालयमा कित्ताकाटको काम सुरु भएको भूमिब्यवस्था तथा अभिलेभल विभागले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार