संसदीय समितिको सभापतिको निर्वाचन सोमबार हुने

काठमाडौं । राष्ट्रिय सभामा रिक्त रहेको दुई समितिका सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार हुने भएको । माथिल्लो सदन अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको कार्यकाल भदौ २३ गते सकिएको हो राष्ट्रिय सभा नियमावली (दोस्रो संशोधन) २०० पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

रहेको दुवै समितिको सभापतिको निर्वाचन भदौ ३१ गते गर्न संसद सचिवालयलाई निर्देशन दिएको थियो। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तोकिएको मितिमा निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।

विधायन व्यवस्थापन समितिको सभापतिमा (एकीकृत समाजवादी) बाट निर्वाचित सदस्य जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा निर्वाचित मायाप्रसाद रामको कार्यकाल सकिएको हो । राष्ट्रिय सभामा एकीकृत समाजबादीका आठ जना सदस्य छन् । राष्ट्रिय सभाको मङ्गलबारको बैठकले रिक्त माथिल्लो सदनको सबैभन्दा ठूलो दल माओबादी केन्द्रका १७ सदस्य छन्। दुवै दल प्रतिपक्षमा छन्।

राष्ट्रिय सभा अन्तर्गतका चार समितिमध्ये विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाली कांग्रेसका कमलादेवी पन्त सभापति हुनुहुन्छ। कांग्रेसका १६ जना सदस्य छन् । सरकारको नेतृत्व गरेको नेकपा (एमाले) का १० जना सदस्य छन्। जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका एक एक तथा राष्ट्रपतिबाट दुई जना मनोनीत सदस्य छन् ।

सभाको मङ्गलबारको बैठकमा प्रतिनिधि सभाबाट पठाइएको नेपाल विश्वविद्यालय – २०७२ को सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरिएको छ। बैठकमा शून्य, विशेष र आकस्मिक समयमा सभाका सदस्यले उठाएका विषयबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जवाफ दिदिएका हुन्  ।

मन्त्री दाहालले रुग्ण ठेक्कासम्बन्धमा मन्त्रालयस्तरमा सहसचित्रको नेतृत्वमा टोली बनाएर प्रतिवेदन बुझाएपछि थप निर्णय गर्नेबताएका हुन् । आपूर्तिमन्त्री भण्डारीले चाडपर्वको पूर्वसन्ध्यामा खाद्य सामग्री अभाव हुन नदिन सरकारले आवश्यक निर्णय गरेको बताउनुभयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार