‘इकु’ अर्थात् सुलेमान शंकर पक्राउ

काठमाडौं । कलाकार भिसामा युरोप पठाउँछु भनेर ठगेको आरोपमा चर्चित कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् ।

विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गरेको हो ।

कलाकार भिसामा लैजाने भन्दै उनले प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीले जनाएको छ ।

 

पैसा बुझाउने व्यक्तिहरू युरोप जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार