CLI

नेपाल ल्युब आयलको २५ प्रतिशत लाभांश पारित गरी, एफपिओ जारी गर्न साधारणसभा आव्हान

काठमाडौं । नेपाल ल्युब आयलले चुक्तापुँजीको  २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बितरित लाभांसमा  २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ  ।

प्रस्तावित लाभास  कम्पनीको साधारणसभाले पास गरेपछि लगानी कर्ताले पाउनेछन् । लाभांस पारित गर्न कम्पनीले २०८१ असोज १८ गते ललितपुरको पुल्चोकस्थित याक प्यालेस बिहान साढे ११ बजेलाई तोकेको छ ।

साधारणसभामा  प्रिमियम मूल्यमा थप सर्वाजनिक निष्कासन (एफपीओ)को विशेष प्रस्ताव पेश गर्नेछ । एफपीओ निश्काश पञ्चात प्राप्त हुने रकम प्रयोग सम्बन्धी अर्को विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।

साधारणसभामा बोनस शेयर वितरणपछि कम्पनीको अधिकृत, जारी चुक्तापुँजी वृद्धि गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्ने प्रस्ताव पनि रहेका छन् । एफपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिले दिने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभामा कम्पनीको प्रबन्धक र प्रमुख कार्यकारी अधिकृत नियुक्ति स्वीकृत गरी सेवा सुवीधा सम्बन्धी प्रस्तावमा  छलफल गरी पारित गर्नेछ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ४ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

 

Leave Your Comment

Related News