आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा बढ्यो पाँच सय

काठमाडौं । नेपाली बजारमा सोेमबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबारका लागि १ लाख ५७ हजार ३०० रुपैयाँ तोकिएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ९१५ रुपैयाँ तोकिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार