सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रति तोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार छापावाल सुन प्रति तोला ८०० रुपैयाँले घटेको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रति तोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधार चाँदी प्रति तोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार