१० वर्षको अवधिमा सहकारीको वित्तीय अपराधमा फरार अभियुक्त १५४० जना

Garima_Business-Loan3

काठमाडौं ।नेपाल प्रहरीका अनुसार सहकारी संस्थाहरुमा वित्तीय अपचलन, ठगी, अनियमितता र पारदर्शिताको अभावले सहकारी कसुरका घटनाहरु बढेका छन् । विगत १० वर्षको अवधिमा सहकारी संस्थाको बचत रकम अपचलन सम्वन्धमा प्रहरीमा उजुरी दर्ता भएका सहकारीको विवरण, सहकारी संस्थाको बचत रकम अपचलन सम्वन्धमा जिल्ला सरकारी वकिल कार्यालय, उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयमा हाल चलिरहेका मुद्दाको विवरण र सहकारी ठगी एवम रकम हिनामिना सम्बन्धी मुद्दामा जिल्ला अदालतहरुबाट भएका फैसला र कार्यान्वयनको अवस्थालाई हेर्दा सहकारीमा रही वित्तीय अपराध गरी फरार हुनेको संख्या धेरै रहेको छ ।

प्रहरीका अनुसार उजुरी आए पश्चयात प्रहरीले पक्राउ गरेको संख्या ६६९ जना रहेका छन् भने फरार अभियुक्त १ हजार ५४० जना रहेका छन् ।
प्रहरीमा सहकारी अपचलन, ठगी, अनियमितता लगायतका विभिन्न शीर्षकमा आएको उजुरी तथा उजुरी दर्ताको संख्या २५८ वटा रहेको छ । काठमाडौं उपत्यकामा रहेको सहकारीबाट धेरै संख्यामा उजुरी आउने गरेको प्रहरीले जनाएको छ ।

यद्पि सहकारीमा वित्तीय अपराध भने काठमाडौं उपत्यकका सहकारी मात्र नभई सात वटै प्रदेशमा हुने गरेको तथा सात वटै प्रदेशमा सहकारीलाई लिएर प्रशस्त उजुरी आएको बताइन्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार