रास्वपा पार्टी कार्यलय बाहिर कार्यकर्ताको भिड मिडिया बिरुद्द नाराबाजी गर्दै

काठमाडौं ।संसदीय छानबिन समितिले सहकारीको बचत अपचलनमा किटान गरेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पनि पक्राउ पर्ने आशंकाबीच पार्टी कार्यालयमा कार्यकर्ता जम्मा गराएका छन् ।  जम्मा भएको कार्यकर्ताको भिडले मिडियाविरुद्ध नाराबाजी गरेको छ ।

पार्टी कार्यालयमा रास्वापाका कार्यकर्ताहरूको भिडले समाचार संकलनका लागि रास्वपा कार्यलयमा पुगेका सञ्चारहरूमाझ नाराबाजी गरेका हुन् ।

सभापति लामिछानेले गरेको बचत अपचलनको बारेमा नियमित रिपोर्टिङ गर्ने मिडियाहरूप्रति रास्वपाका नेता र कार्यकर्ताहरूहरूले विगतमा पनि विरोध गर्ने गरेका थिए ।

गोर्खा मिडिया नेटवर्कमा हुँदा लामिछानेका व्यावसायिक साझेदार रहेका पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेपछि लामिछानेका कार्यकर्ताहरू पार्टी कार्यालयमा जम्मा हुन थालेका थिए । जोशीलाई पक्राउ गरी अहिले प्रहरीले पोखरा पुर्‍याइसकेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार