माइनडेड होण्डाको पार्ट्सको लागि अधिकृत डिलर नियुक्त

काठमाडौं । स्याकर ट्रेडिङ कम्पनी प्रा.लि. ले कान्तिपथमा बाइक माइनडेडलाई होण्डाका जेन्युइन पार्ट्सको लागि अधिकृत डिलरको रूपमा नियुक्त गरेको छ । यसले मोटरसाइकल उच्च–गुणस्तरीय पार्ट्स र एक्सेसोरीहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ ।  यो साझेदारीले होण्डा मोटरसाइकल मालिकहरूलाई जेन्युइन पार्ट्स र एक्सेसोरीहरू प्राप्त गर्न भरपर्दो ठाँउ भएको बताइएको छ , यसले  बाइकलाई होण्डाको गुणस्तर मापदण्ड अनुसार राम्रो अवस्थामा राख्न सहयोग पुग्ने बताइएको छ ।

बाइक माइनडेडले होण्डा मोटरसाइकलको पार्ट्सका साथै, शार्क, नोलान र एस.एम.के जस्ता प्रमुख ब्रान्डका उत्कृष्ट हेलमेटहरू पनि ब्यापार गरिरहेको छ ।

कम्पनीका अनुसार राइडरहरुले सेगुरा र बेरिङका उच्च–स्तरका राइडिङ गियरहरू पनि पाउन सक्नेछन्, । साथै,बाइक माइनडेडले ट्रिप मेसिन कर्पोरेसनबाट एक्सेसोरीहरू पनि उपलब्ध गराउँछ । बाइक माइनडेडले मोटरसाइकलका सबै आवश्यकताहरूका लागि भरपर्दो स्टोर हो ।

 

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार