पञ्चकन्या स्टिललाई ग्रिनप्रो प्रमाणपत्र

काठमाडौं ।पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रा. लिले ग्रिनेप्रो प्रमाणपत्र प्राप्त गरेको छ ।

पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रा. लि.को उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ को लागि सि.आई.आई. ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको हो ।

नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ ।

असोज ३० गतेका दिन भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र प्राप्त गरेका हुन् । पञ्चकन्या स्टीलको टिएमटि रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि समेत भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सिआइआइ) – सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको छ ।

यसै बीच दिगो विकास र वातावरण प्रति मुख्य ध्यान दिदै भारत र न्यूजिल्याण्डबीच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । न्यूनतम कार्वन उत्सर्जन सामग्री र प्रविधिलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१५ देखि यो ग्रिनप्रो प्रमाणपत्र प्रदान गर्न थालिएको हो ।

हालसम्म विश्वका ४८० उद्योगहरुका ९ हजार ५०० थरिका उत्पादनहरुले ग्रिनप्रो मान्यता प्राप्त गरेका छन् । सिंगापुर, जर्मन, भारतका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा वातावरण तथा हरित क्रान्तिमा आएको सकारात्मक प्रभाव देखिएकोमा सहभागी महानुभावहरुले गर्व र सन्तोषको महसुस गरेका थिए ।

विश्व व्यापी रुपमा तापक्रम बढ्ने क्रम जारी छ र वातावरणमा नकारात्मक असर परिराखेको वर्तमान अवस्थामा वातावरण मैत्री प्रविधिलाई लागू गर्नु पर्ने टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै यस्ता प्रविधि र सामग्रीलाई प्राथमिकता दिनु पर्नेमा सबैको सहमती भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार