CLI

नेपाल राष्ट्र बैङ्क द्वारा “नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी२०२४” जारी

काठमाडौं । “नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी ( Nepal Green Finance Taxonomy) २०२४” जारी भएको छ ।  राष्ट्र बैंकले इजाजत पत्र प्राप्त “क” “ख” “ग” र “घ” बर्गका बैङ्क  तथा बित्तिय संस्था तथा पुर्वाधार बैङ्लाई वित्तीय संस्थालाई ग्री फाइनान्स टेक्नोलोजी २०२४ जारी गरेको हो ।

नेपा राष्ट्र बैङकबाट इजजाजत प्राप्त  वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र पूर्वाधार विकास बैंकले यसलाइ क्रियान्वयनमा लानु पर्ने छ  । बैंक वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह एवं लगानीलाई वातावरणमैत्री बनाउन एवं सो प्रकृतिको लगानी गर्दा सन्दर्भ सामाग्री (Reference Document) को रुपमा प्रयोग गर्न सकिने गरी Nepal Green Finance Taxonomy, 2024 जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीबारे उल्लेख गरेको थियो । मौद्रिक नीतिमा ग्रिन फाइनान्सिङ लाई प्रोत्साहन गर्न हरित वण्ड निष्काशन गर्ने, जलवायु जोखिम रिर्पोटिङ्ग गर्ने, पुँजी आवश्यकता पहिचान गर्ने लगायतका विषय समावेश गरी Green Taxonomy जारी गरिने उल्लेख थियो .

“नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी२०२४”को यस्तो छ पुर्ण पाठ

 

Leave Your Comment

Related News