RE
Global College

५२ लाख ८० हजार कित्ता आईपीओ निस्काशन गर्ने शिवम् सिमेन्टको तयारी


इक्विटी नेपाल – काठमाडौँ :
शिवम् सिमेन्ट लिमिटेडले स्थानीय जनता तथा सर्वसाधारणलाई कुल ५२ लाख ८० हजार कित्ता शेयर निस्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ। 
धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत शेयर मात्रै भएपनि सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेसंगै शिवम् सिमेन्ट लिमिटेडले गत पौष २५ गते सम्पन्न आफ्नो दोस्रो वार्षिक साधारणसभाबाट शेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। 
कम्पनीले स्थानीय जनताकालागि ८ लाख ८० कित्ता शेयर तथा सर्वसाधारणकालागि ४४ लाख कित्ता शेयर जारी गर्न चैत्र ६ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले आईपीओ निस्काशनका लागि बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। 
नेपालको ठुलो सिमेन्ट उद्योग मध्यको एक शिवम् सिमेन्ट सन् २००९ मा स्थापना भएको हो। यस कम्पनीले आफ्नै चुनढुंगा प्रयोग गरि १२५० टन ओपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ। साथै यस कम्पनीले चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन क्षमता उद्योग संचालनको अन्तिम तयारीमा रहेको छ।
NECO

Leave Your Comment

Related News