सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Garima_Business-Loan3

काठमाडौं । सुनको मूल्य बढेको छ । तिहार पछिको पहिलो कारोबार दिनमा घटेको सुनको मूल्य आज फेरि बढेको छ । आज सुन प्रति तोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रति तोला १५ रुपैयाँले घटेर २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रति तोला २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार