CLI

रबि लामिछानेलाई रुपन्देही लाने तयारी

काठमाडौं ।सहकारी ठगीमा पक्राउ परेका पुर्व गृह मन्त्री तथा रास्वपा सभापति  रवि लामिछानेलाई चौथो पटक अदालतमा म्याद थपिए पश्चात आज रुपन्देही जिल्ला प्रहरी कार्यालयमा लैजाने तयारी गरेको छ   । गत कार्तिक २ गते पक्राउ परेका उनलाई सोही रात अनुसन्धानको लागि पोखरा पुर्याईएको थियो ।

कार्तिक २ गते संसदीय बिशेष छाबबीन समितिको प्रतिबेदनको आधारमा पक्राउ परेका उनी चौथो पटकको म्याद थपाईसँगै प्रहरी हिरासतमा  बन्दी अबस्थामा छन् ।

लामिछानेमाथी बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ। सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ।

लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ।

उनलाई प्रतिशोध पुर्ण रुपमा गिरफ्तार गरिएको भन्दै रास्वपा नेतृत्वामा पोखरामा सडक आन्दोलनमा छ । सडक आन्दोलनबाट अदालतलाई प्रभावमा पार्न खोजेको भन्दै उसको यो कदमको चौतर्फी बिरोध भएको छ । । राश्वपाले केन्द्रीय समितिको बैठक राखी आन्दोलन जारी राख्न निर्णय गरेको छ ।

उनी बिरुद्द संगठित अपराघ, तिर्ते र सहकारी ठगिको बिषयमा अनुसन्धान भइरहेको  छ । उनी जस्तै बिषयमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनका पुर्व ब्यापारीक  पार्टनर छबि बण्जाडे जोसीको पनि बुटवलमा बयान गरी पोखरा ल्याइएको छ । उनी दशै अघि नै गिरफ्तार भएका थिए । उनीहरुलाई संगठित अपराधमा अनुसन्धान गर्दा २ महिना सम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुननी व्यबस्था छ ।

रास्वपा नेतृत्वले यो आन्दोलन दल बिशेषको नभइ नागरिककको स्तस्फुर्त आन्दोनल बनाउन दलका झण्डा ब्यानर नबोकी आन्दोलनको नेतृत्व गरिरहेका छन् । उनीहरु पहिला शालिकराम हत्या प्रकरणमा जसरी नागरिक तहबाट रबिलाई साथ दिएका थिए सोही अनुरुप यसपाली पनि नागरिकालाई सडकमा ल्याउन सकिन्छ र छानबिन र अनुसन्धानलाई प्रभावित गर्न सकिन्छ भन्ने रणनीति असफल जस्तो भएको छ । अहिले रास्वपा टोलीले स्तस्फुर्त आन्दोनमा आएका भनिएपनि पार्टी नेतृत्वले मातहत कमिटीलाई पोखरा केद्रीत आन्दोनमा सहभागि हुन परिपत्र नै जारी गरेका छन् ।

सहकारी ठगिमा सरकारले अहिले सम्म ६ सय जना गिरफ्तार गरि अनुसन्धान गरेको छ । तर अहिले सम्म कोहीपनि सहकारी ठहगिमा सम्लग्नले आन्दोलन गर्ने र प्रहरी, अदालतलाई दवावमा राख्न आन्दोलन गरेका छैनन  ।

रबि गिरफ्तार र छानबिनको बिरुद्र रास्वपा केन्द्रीय नेतृत्व र सांसदहरुले उत्तेजक अभिब्यक्ति दिईरहेका छन् ।

रास्वपाले रबि माथिको अनुसन्धानलाई प्रभावित गर्न पोखरामा जस्तै वुटवलमा पनि आनदोलन गर्ने जनाएको छ । हिजै रास्वपाको लुम्बिनि प्रदेश कमिटिले केन्द्रले प्रभावकारी आन्दोलग गर्न नसकेको ठहर सहित केन्द्रलाई पत्र पठाएको छ । केन्द्रको आन्दोनलमा चित्त नबुझाएको रास्वपा लुम्बिनि प्रदेशको आन्दोलन प्रभावकारी हुन सक्ने विश्लेषण गरिएको छ ।

रास्वपा टोली सँगै सुप्रिम सहकारी पिडितको टोलीले पनि आन्दोलग गर्न सक्ने भन्दै प्रसासनले सुरक्षा व्यवस्था चुस्त बनाएको बताएको छ ।

 

Leave Your Comment

Related News