काठमाडौं ।टिओडी मिटरका आधारमा डेडिकेटेड र ट्रंक लाइनको समस्या समाधान गर्न भन्दै अघिल्लो सरकारले गठन गरेको लाल आयोगको प्रतिवेदन आज ५:४५ बजे सार्वजनिक गरिने भएको छ । सर्वोच्च अदालतका पुर्व न्यायाधिसको अध्यक्षतामा बनेको आयोगल आफ्नो प्रतिबेदन सरकारलाई बुझाए पनि सरकारले सार्बजनिक गरेको थिएन ।
डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिरेको भन्दै प्राधिकरणले लाईन काटे सँगै यो विषय पेचिलो बन्दै आएको लामो समय भइसकेको छ । हिजो बसेको मन्त्री परिषदको बैठकले लाल आयोगकप प्रतिबेदन सार्वजनिक गर्ने डेडिकेटेड र ट्रंक लाइनको महशुल १५ दिन भित्र उठाउने र उधोगमा काटिएको लाईभ जोड्ने निर्णय गरेको थियो ।
हिजोको मन्त्री परिषद् बैठकबाट बिधुत लाईन जोड्ने निर्णय भएपनि बिधुत काटिएका उधोगको बिधुत लाईन जोडिएको छैन । अहिले नेपाल बिधुत प्रधिकरण को बोर्ड बैठक बसिरहेको छ ।


